मेयर हर्कराज राईले अपिलमा हाल केही दिनदेखि भइरहेको धार्मिक तथा सामाजिक विवादले धरानलाई संवेदनशील बनाइरहेको उल्लेख गरेका छन्।
काठमाडौँ– धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले आपसी सद्भाव, भाइचारा र एकता कायम राख्न नगरवासीलाई अपिल गरेका छन्। धार्मिक तथा सामाजिक विवादले धरानलाई संवेदनशील बनाएको भन्दै मेयर राईले शुक्रबार अपिल जारी गरी नगरवासीलाई संयमित र संवेदनशील भएर आपसी सद्भाव, भाइचारा र एकता कायम राख्न अनुरोध गरेका हुन्।
“समाजमा देखिने अशान्ति, विभेदले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खलबलिने, अनत विरोध बढाउने, प्रतिशोध र द्वन्द्वलाई निम्त्याउने भएकोले यस प्रकारको विविधताको नकारात्मकतालाई सकारात्मकतामा परिणत गर्न सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली भन्ने भावलाई आत्मसात् गर्दै हाल देखिएको अशान्तिमय वातावरण सबेले संयमित र संवेदनशील भएर सबै पक्ष समुदाय र हरेक नागरिकको भावना प्रतिबिम्बित हुने गरी आपसी सद्भाव भाइचारा र एकता कायमका लागि सम्पूर्ण आम धरान नगरवासीलाई हार्दिक अपिल गर्दछु,” अपिलमा भनिएको छ।
उनले अपिलमा धरानमा हाल केही दिनदेखि भइरहेको धार्मिक तथा सामाजिक विवादले यस क्षेत्रलाई संवेदनशील बनाइरहेको उल्लेख गरेका छन्। उनले बहुजातीय, बहुधार्मिक बहुसांस्कृतिक विशेषतालाई आत्मसात् गरी विविधता बीचको एकता सांस्कृतिक सद्भावलाई संरक्षण गरी समृद्ध समाजको निर्माण गर्नु सबैको कर्तव्य भएको पनि स्मरण गराएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
