रास्वपाले निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि विनियोजन विधेयकमा सरकारले छुट्याएको बजेटबारे सर्वोच्च अदालतबाट आएको आदेशको स्वागत गर्ने निर्णय गरेको छ।
काठमाडौँ– प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले आफ्नो क्षमताले भ्याउने सबै विषयगत समितिमा सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको छ।
समिति सभापतिमा उम्मेदवारी दिनका लागि उम्मेदवारसहित प्रस्तावक र समर्थक गरी तीन जना अनिवार्य चाहिने भएकाले आफ्नो क्षमताले भ्याउने समितिहरू सबैमा समिति सभापतिका लागि उम्मेदवारी दिने निर्णय गरेको हो।
शुक्रबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले ११ गते हुने संसदीय समितिको सभापतिका लागि क्षमताले पुग्ने समितिमा नेतृत्वका लागि उम्मेदवारी दिने र क्षमता नपुग्ने समितिका लागि आन्तरिक छलफल गर्ने बताए।
“सभापतिको विषयमा पार्टीले जहाँ आफ्नो क्षमताले भ्याउँछ, त्यहाँ हामीले उम्मेदवारी दिने, अन्य समितिमा एक खालको आन्तरिक छलफल गर्ने। संसद्मा दर्ता गरेका सार्वजनिक महत्त्वका केही विषयहरू सरकारका कामकारबाही र संसद्ले केही काम गरिसकेकाले बहस छलफल गर्नु नपर्ने भएको छ,” उनले भने।
उनले बैठकमा पार्टीका सभापति रवि लामिछानेले लम्पी स्किनसम्बन्धी सार्वजनिक महत्त्वको विषय भदौ १७ गतेपछि बस्ने संसद्को बैठकमा छलफल गर्ने निर्णय गरेको बताए।
उनले पार्टीका उपनेता विराजभक्त श्रेष्ठले डेंगी रोगसम्बन्धी संकल्प प्रस्ताव दर्ता गरेको र त्यसलाई पनि संसद्मा छलफल गर्ने निर्णय भएको बताए। उनले निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि विनियोजन विधेयकमा सरकारले छुट्याएको बजेटबारे सर्वोच्च अदालतबाट आएको आदेशको स्वागत गर्ने निर्णय गरेको बताए।
प्रमुख सचेतक परियारले संसद् अवरुद्ध खुलाउन पार्टीले महत्त्वपूर्ण भूमिका खेलेकाले अहिले संसद् सुचारु भएको दाबी गरे
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
