अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुने यो ऋणपत्रको साँवा भुक्तानी २०८६ भदौ ११ मा हुनेछ। ब्याजदर बोलकबोलका माध्यमबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ।
काठमाडौँ– नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ।
सरकारले उठाउने आन्तरिक ऋणका रूपमा राष्ट्र बैंकले आइतबार छ वर्षको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो।
बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था र सर्वसाधारण नागरिकसमेतले विकास ऋणपत्र खरिद गर्न सक्नेछन्। यो ऋणपत्रको ब्याजदर बोलकबोलका माध्यमबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ।
यो ऋणपत्र धितो राखी कर्जासमेत लिन सकिनेछ। भदौ १० गते दिउँसो ३ बजेसम्म बोलकबोल हुने ऋणपत्र भदौ ११ गते सोमबार निष्कासन हुनेछ। अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुने यो ऋणपत्रको साँवा भुक्तानी २०८६ भदौ ११ मा हुनेछ।
घटीमा ५० हजार र बढीमा कूल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न पाइनेछ। यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाका रूपमा मात्र भाग लिन सक्नेछन्।
राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले प्रतिस्पर्धीका रूपमा भाग लिन पाउने छैनन्। यसको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमार्फत् मात्र हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
