मेलम्ची नदीमा आएको बाढीले शुक्रबार राति हेलम्बु गाउँपालिका–४ ग्याल्थुमको सरस्वती माध्यमिक विद्यालयको बगाएको भवन छ। अन्य विद्यालय भवन पनि जोखिममा छन्।
सिन्धुपाल्चोक– भारी वर्षासँगै आएको बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ।
मेलम्ची नदीमा आएको बाढीले शुक्रबार राति हेलम्बु गाउँपालिका–४ ग्याल्थुमको सरस्वती माध्यमिक विद्यालयको भवन बगाएको स्थानीय श्याम शर्माले जानकारी दिए। अन्य भवन पनि जोखिममा छन्। त्यस्तै, ग्याल्थुम बजार पनि जोखिममा छ।
शुक्रबार बिहान सोही विद्यालयको दुई वटा शौचालय बगाएको थियो। यद्यपी, बाढीका कारण अवरुद्ध भएको मेलम्ची नगरपालिकाका विभिन्न स्थानका सडक भने सञ्चालनमा आएका छन्।
मेलम्ची–भोताङ सडकखण्डस्थित मेलम्ची बजार पारीको बाटोसँगै मेलम्ची नवलपुर सडकखण्ड सडक पनि सञ्चालनमा आएको मेलम्ची–१० का वडाध्यक्ष अमृत खनालले जानकारी दिए। मेलम्ची–तालामाराङअन्तर्गत सिमखेतमा जमेको लेदो पन्छाएसँगै यातायात आवतजावत हुन थालेको छ।
मेलम्ची–४ स्थित पिप्ले–पाटी भन्ज्याङ बाटो सञ्चालनमा आए पनि जोखिम कायमै रहेको स्थानीयले बताएका छन्। पहिराले मेलम्चीनगरका आधा दर्जन घर जोखिममा छन्।
आवश्यक सतर्कता अपनाउन मेलम्ची नगरपालिकाले अनुरोध गरेको छ। विभिन्न स्थानमा गएको पहिरोको कारण हाइटेसन लाइनको पोल ढलेको छ भने ठाउँ–ठाउँमा विद्युत् अवरुद्ध भएको छ।
पाँचपोखरी थाङपाल प्रवेश गर्ने मुख्य मार्ग पहिरोको कारण अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए। खाल्डे खोलामा पहिरो गएपछि वैकल्पिक माध्यमबाट यात्रुलाई सहज बनाइएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाको अधिकांश ठाउँमा बाढी र पहिरो गएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
