दक्षिणी फ्रान्सका केही भूभागमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ।
फ्रान्सका केही भूभागमा अत्यधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ।
केही समययता बढेको गर्मीका कारण जनजीवन प्रभावित बनेको हो। गर्मी बढेसँगै स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन चेतावनी दिइएको छ।
दक्षिणी फ्रान्सका केही भूभागमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ। राष्ट्रिय मौसम विज्ञान निकाय ‘मेटियो फ्रान्स’का अनुसार यो यस वर्षकै धेरै गर्मी हो।
गर्मीबाट हुनसक्ने क्षतिलाई रोक्न १९ वटा फ्रान्सेली विभागहरू रेड अलर्टमा रहेका छन्। गर्मी उच्चस्तरमा पुगेसँगै भएसँगै होसियार हुन आग्रह गरिएको समाचार संस्था सिन्ह्वाले जनाएको छ।
स्वास्थ्य अधिकारीले स्वास्थ्य सुरक्षाको लागि विभिन्न उपाय अपनाउन आग्रह गरेका छन्। बाहिरका गतिविधि नगर्न, आगोबाट बच्न र डढेलो लाग्न नदिने कुरामा सतर्क रहन उनीहरूको सुझाव छ।
गत सोमबार फ्रान्समा सन् १९४७ पछिकै सबैभन्दा धेरै गर्मी भएको थियो। उक्त दिन ड्रोमको न्योन्समा ४२.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
