रास्वपा सभापति रवि लामिछानेले सामाजिक द्वन्द्व भड्काएर अनियमितता ढाकछोप गर्ने काम भइरहेको भन्दै सचेत हुन आग्रह गरेका छन्।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समाजको सद्भाव खलबल्याएर अहिले भइरहेका अनियमितता लुकाउने प्रयास भइरहेको बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा उनले सामाजिक द्वन्द्व भड्काएर अनियमितता ढाकछोप गर्ने काम भइरहेको भन्दै सचेत हुनुपर्ने बताएका हुन्। उनले समाजको सद्भाव खलबल्याउने मान्छेलाई आफ्नो सामाजिक सञ्जालबाटै बहिष्कार गर्न आग्रह गरे।
उनले जाति–जातिबीचको द्वन्द्व अहिले नरहेको भन्दै अहिले सबै एकजुट भई गरिबी, बेरोजगारी र अशिक्षा रूपी शत्रुलाई हटाउनुपर्ने बेला रहेको उल्लेख गरे। उनले कानूनी रूपमा वर्जित काम गर्न नमिल्ने भन्दै एक अर्काको आस्था र विश्वासमा आँच आउने कार्य नगर्न आग्रह गरे।
“आज जातीय सद्भाव भड्काउन पाइयो भने त भ्रष्टाचारका यत्रा काण्डहरू सामसुम, थामथुम, हुन्छन् भनेर त्यतातिर तपाईंलाई आगो झोसिरहेका छन्, खबरदार। यो आगोमा म पेट्रोल मट्टितेल हाल्दिन, कानूनी रूपमा वर्जित काम गर्न पाइँदैन। कानूनी राज्यमा कानूनले जे भन्छ त्यसलाई मान्नुपर्छ,” उनले भने।
सामाजिक सद्भाव खलबल्याएर राजनीतिको रोटी सेक्ने काम गर्न नहुने सभापति लामिछानेको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
