सुनकाण्ड, ललितानिवास प्रकरणलगायतका भ्रष्टाचार तथा अपराधको अनुसन्धान प्रभावकारी नभएको र अनियमिततामा मुछिएका नेतालाई उन्मुक्ति दिन खोजिएको भन्दै बृहत् नागरिक आन्दोलनले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ।
काठमाडौँ– सुनकाण्ड, ललितानिवास प्रकरणलगायतका भ्रष्टाचार तथा अपराधको अनुसन्धान प्रभावकारी नभएको भन्दै बृहत् नागरिक आन्दोलनले विरोध प्रदर्शन गरेको छ। शनिबार काठमाडौँको भद्रकालीमा बृहत् नागरिक आन्दोलनमा सहभागीहरूले अनियमिततामा मुछिएका नेताहरूलाई उन्मुक्ति नदिन सरकारलाई खबरदारी गरेका हुन्।
प्रदर्शनका क्रममा आन्दोलनमा सहभागीहरूले ‘भ्रष्टाचारको विरुद्धमा नबोल्नु पनि भ्रष्टाचार हो’, ‘गाउँमा स्याल पसे, कुखुरो हराउँछ, संसद्मा भ्रष्टाचारी पसे सुन हराउँछ’, ‘सिंहदरबारमा सुन छ, पेट मेरो भोकै छ’ जस्ता नारा लगाइएको थियो।
प्रदर्शनमा सहभागी विष्णु बसौलाले केही व्यक्तिहरूलाई हिरासतमा राखेर बयान लिने तर केही व्यक्तिलाई घरमै गएर बयान लिएर चोख्याउने काम भएको महसुस भएको बताए। यस्तो अवस्था देखेपछि नागरिक जाग्नु पर्छ भनेर आवाज उठाएको उनको भनाइ थियो।
“अहिलेको सन्दर्भमा कुरा गर्दा सुन प्रकरणदेखि बालुवाटारको जग्गा प्रकरण र भुटानी शरणार्थी प्रकरणसम्मको अनुसन्धान चलिरहेको छ। यस क्रममा केही शीर्ष नेताहरूको आत्म व्यवस्थाले काम अगाडि बढेको हो कि भन्ने कुरा महसुस नागरिक आन्दोलनले गरेको छ,” उनले भने, “कृष्णबहादुर महराको नाम पटक–पटक जोडिए पनि उहाँलाई अनुसन्धानका लागि समेत बोलाउने प्रयास भएको छैन। यसरी तीन दलका नेताहरू बसेर शीर्ष नेताहरूलाई उम्काउने र यो प्रकरणलाई फितलो बनाउने गृहकार्य भइरहेको जस्तो पनि देखिएको छ।”
यस्तै, अर्का अभियन्ता एवं बुद्धिजीवी खगेन्द्र सङ्ग्रौलाले भ्रष्टाचार र अन्याय गरेर जीवन बिताउनुभन्दा सडकमै जीवन बिताउनु राम्रो हुने टिप्पणी गरे। यो देश भ्रष्टाचारको चाङमाथि उभिएको चर्चा गर्दै उनले राज्य सञ्चालकका निर्णायकहरूले सानालाई ऐन, ठूलालाई चैनको प्रक्रियाको निर्माण गरेको आरोप लगाए।
“सर्वोच्च अदालतले पक्राउ पुर्जी जारी गरेका पूर्वमन्त्रीहरूलाई पक्राउ गरिएको छैन किन? जसको नाममा पुर्जी जारी गरेको छ, उनीहरूलाई छानबिनको दायरामा ल्याएको छैन। यो देश भ्रष्टाचारमा डुबेको छ। यो व्यवस्था कुशासनको लागि नामी भयो, भ्रष्टाचारका लागि नामी भयो, त्यसको कारणले व्यवस्था बदनाम भयो त्यसको लागि हामी गम्भीर भएर सडकमा आउनु पर्छ,” उनले भने।
देशको कुनै पनि संस्था भ्रष्टाचारमुक्त नभएको उल्लेख गर्दै सङ्ग्रौलाले सबैको फाइल पल्टाउने र कारबाही गर्ने हो भने जेलमा ठाउँ नपुग्ने बताए। उनले कारबाहीमा परेकाहरूलाई टुँडिखेलमा काढेँतार बेरेर भेडा बाख्रा जसरी राख्नु पर्ने अवस्था आउने पनि प्रष्ट पारे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
