एमबाप्पे चम्किदा पीएसजी विजयी

शनिबार राति भएको खेलमा पीएसजीले लेन्सलाई ३–१ गोलअन्तरले पराजित गरेको छ।

काठमाडौँ– फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पहिलो जित दर्ता गरेको छ।

शनिबार राति भएको खेलमा पीएसजीले लेन्सलाई ३–१ गोलअन्तरले पराजित गरेको हो। 

पीएसपीको जितमा फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले २ गोल गरे। एक गोल मार्को एसेन्सियोको नाममा रह्यो। लेन्सका मार्गान गुइलाभोगुईले एक गोल फर्काए।

यसअघिका दुई खेलमा बराबरीमा रोकिएको पीएसजीले शनिबार महत्त्वपूर्ण तीन अंक जोडेको छ। 

पीएसजी ५ अंकसहित तालिकाको चौथो स्थानमा छ। एक अंक जोडेको लेन्स १५औँ स्थानमा छ।