रंगभेदी घोषणापत्र बोकेका बन्दुकधारीले ‘जनरल डलर स्टोर’मा गोली प्रहार गरेका थिए। हत्या गरिएकामध्ये दुई पुरुष र एक महिला छन्।
अमेरिकाको फ्लोरिडास्थित ज्याक्सनभिल्लामा एक व्यक्तिले शनिबार ३ जना अश्वेत नागरिकको गोली हानि हत्या गरेका छन् ।
रंगभेदी घोषणापत्र बोकेका बन्दुकधारीले ‘जनरल डलर स्टोर’मा गोली प्रहार गरेका थिए। त्यसपछि उनले पनि आत्महत्या गरेको समाचार संस्था एपीले जनाएको छ। हत्या गरिएकामध्ये दुई पुरुष र एक महिला छन्।
प्रत्यक्षदर्शी ज्याक्सनभिल शेरिफ टीके वाटर्सले उक्त घटना जातीय रूपमा प्रेरित रहेको बताए। “बन्दुकधारीले काला मानिसलाई घृणा गर्थे,” वाटर्सले पत्रकार सम्मेलनमा भने, “घटनास्थलमा रंगभेदी घोषणापत्र भेटिएको छ। तर, उनी कुनै ठूलो समूहको हिस्सा भएको प्रमाण छैन।”
अधिकारीहरूले बन्दुकधारी वा मृतकको नाम भने सार्वजनिक गरेका छैनन्। दिउँसो २ बजेतिर गोली चलेको थियो।
ज्याक्सनभिल्लाकी मेयर डोना डिगनले उक्त घटना रंगभेद र घृणाले भरिएको अपराध भएको बताएकी छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
