साउन २८ को बाढीले घर, पुलसहितका भौतिक संरचना, स्याउ बगैँचा, सिँचाइ कुलो, पशुचौपाया र खेतीयोग्य जमिनमा क्षति गरेको छ।
बागलुङ– मुस्ताङको कागखोलामा साउन २८ गते आएको बाढीले मानवीय क्षति नभए पनि करोडौँको भौतिक संरचनामा क्षति पुर्याएको छ।
बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीका कारण अहिले यहाँका सयौँ स्थानीय आफन्तको आश्रय लिएर बसेका छन्। बाढीले व्यापार र कृषि पेसामा आबद्ध स्थानीयको घर, पुल र गरिखाने बारी नै बगरमा परिणत गरिदिएपछि हातमुख जोड्ने माध्यम केही छैन।
बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले तयार गरेको तथ्यांकानुसार बाढीले कागबेनीमा करिब एक अर्बको क्षति पुर्याएको छ। भौतिक संरचना, स्थानीयवासीको घर, व्यवसाय र विभिन्न संघसंस्थाको कार्यालयमा क्षति भएको छ। बाढीले स्याउ बगैँचा र सिँचाइ कुलोमा समेत क्षति गरेको छ।
गाउँपालिकाको कृषि शाखाले संकलन गरेको तथ्यांक अनुसार करोड बढीको स्याउ, ओखर र नास्पातीलगायतका फलफूल बोटमा क्षति पुगेको छ। बाढीले कृषकको ११ रोपनी तीन कट्ठा बढीमा लगाइएको स्याउलगायतका फलफूलमा क्षति पुर्याएको कृषि शाखा प्रमुख लोकेन्द्रसिंह धामीले जानकारी दिए। उनका अनुसार १६९ भन्दा बढी स्याउ बोटमा क्षति पुगेको छ। स्थानीय मिङ्मार गुरुङको ४५ वटा स्याउका बोट र नर्सरी नष्ट भएको उनले बताए।
बाढीले सबैभन्दा बढी स्थानीय कृषक कुंगा नमडुल गुरुङ, पेमा निङ्वो विष्ट र कर्म छोक्ले गुरुङको स्याउ बोटमा क्षति पुगेको छ। खेतीयोग्य जमिनमा पनि ठूलो क्षति पुगेको छ। करिब सात हेक्टर जमिनमा सिँचाइ गरिने कागबेनी सिँचाइ कुलोमा क्षति पुगेको शाखा प्रमुख धामीले जानकारी दिए।
गाउँलेले कागबेनी वारिपारि क्षेत्रको खेतीयोग्य जमिनमा सिञ्चित हुने तीनवटा कुलो बाढीले क्षति गरेको छ। उनका अनुसार ३६ रोपनी जग्गामा सिञ्चित गरिने सिँचाइ कुलो, खेतबारी जोत्ने नौवटा हाते ट्रयाक्टरसमेत बाढीले बगाएको छ।
“यहाँका धेरै स्थानीयको मुख्य आयस्रोत स्याउ हो, बाढीले अधिकांश कृषकको स्याउ बगैँचामा ठूलो क्षति गरेको छ, हामीले धेरै दिन लगाएर क्षति विवरण संकलन गरेका छौँ, कोहीको बगैँचा बगाएको छ, कोहीको स्याउ र नास्पातीको बोट बगाएको छ, सिँचाइ कुलो बगाउँदा सयौँ रोपनी खेतीयोग्य जमिन बाँझो बस्ने अवस्था आएको छ,” उनले भने।
बाढीले कृषकको गोठ र पशुचौपाया पनि बगाएको छ। पशुचौपाया बगाउँदा ५० लाख रुपैयाँको क्षति भएको गाउँपालिकाका पशु शाखा प्रमुख समीक्षा कठायतले जानकारी दिइन्। बाढीले २३ गोठ, ३२ लुलुगाई, दुईवटा खसी र एउटा घोडा बगाएको हो।
यसैगरी, बाढीले नगद, सामान र संरचनामा मात्र ८१ करोड ८३ लाख २५ क्षति गरेको छ। सडक, मोटरेबल पुल, झोलुंगे पुल, गुम्बा, मन्दिर, धर्मशाला, सामुदायिक, वडा, प्रहरी चौकीको भवन, तटबन्धलगायत १४ वटा भौतिक पूर्वाधार गरी २१ करोड दुई लाख बराबरको क्षति भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
