ललिता निवास प्रकरणमा मुछिएका दाङका प्रजिअ वैद्य मन्त्रालय तानिए

सरकारी वकिलको कार्यालयले आइतबार काठमाडौँ जिल्ला अदालतमा ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुद्दा दायर गर्दैछ।

काठमाडौँ– बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई मन्त्रालय तानिएको छ। 

ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले उनलाई पनि प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

प्रहरीले प्रतिवादी बनाउन सिफारिस गरेपछि जिम्मेवारीबाट हटाएर मन्त्रालय तानिएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

“उहाँलाई मन्त्रालयको निरन्तर प्रक्रिया अनुसार तानिएको हो। बाँकी कुरा थाहा भएन। तर, ललिता निवासमा उहाँ पनि मुछिएपछि अनुसन्धानमा सहज होस भनेर मन्त्रालय तानिएको हुनुपर्छ,” ती अधिकारीले भने।

सरकारी वकिलको कार्यालयले आइतबार काठमाडौँ जिल्ला अदालतमा ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुद्दा दायर गर्दैछ।