पूर्वनिर्वाचन आयुक्त सुधीर शाहविरुद्ध मुद्दा चलेन

सीआईबीको अनुसन्धानमा शाहले मालपोत कार्यालय भक्तपुरको प्रमुख हुँदा राणा परिवारबाट जग्गा प्राप्त गरेर सरकारी जग्गा हत्याउन सहयोग गरेको देखिएको थियो।

काठमाडौँ– जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंँले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई प्रतिवादी नबनाउने निर्णय गरेको छ।

उनीविरुद्ध अदालतमा मुद्दा दायर गर्दा प्रतिवादीसमेत बनाइएको छैन। जिल्ला न्यायाधिवक्ता दिनेश भट्टराईले पूर्वनिर्वाचन आयुक्त शाहलाई प्रतिवादी नबनाइएको उकालोसँग पुष्टि गरे। 

६२ दिन हिरासतमा राखेर अनुसन्धान भए पनि मुद्दा चलाउने बेला सरकारी वकिलको कार्यालय, काठमाडौँले उनलाई प्रतिवादी नबनाउने निर्णय गरेको हो।

सीआईबीको अनुसन्धानमा शाहले मालपोत कार्यालय भक्तपुरको प्रमुख हुँदा राणा परिवारबाट जग्गा प्राप्त गरेर सरकारी जग्गा हत्याउन सहयोग गरेको देखिएको थियो।

शाहले श्रीमती उर्मिला शाहको नाममा ११ आना २ पैसा जग्गा लिएको सीआईबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख थियो।

सरकारी वकिलको कार्यालयले के आधारमा उनलाई प्रतिवादी बनाएन भन्ने कुरा स्पष्ट भइसकेको छैन।