सबै विश्वविद्यालयको इन्जिनियरिङ शिक्षामा एउटै मापदण्ड तय गरी एकरूपता ल्याउनुपर्ने, शुल्कवृद्धि फिर्ता लिनुपर्नेलगायत सातबुँदे माग राख्दै विद्यार्थी आन्दोलित भएका छन्।
काठमाडौँ– सत्तारूढ दल नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले इन्जिनियरिङ अध्ययनको शुल्कवुद्धि फिर्ता गर्न माग गर्दै बालुवाटारमा प्रदर्शन गरेको छ। आइतबार नेविसंघमा आबद्ध विद्यार्थीहरू पोस्टर र प्लेकार्डसहित नाराबाजी गर्दै बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेर्न पुगेका हुन्।
इन्जिनियरिङ अध्ययनको शुल्क घटाउनुपर्ने लगायत विभिन्न सातबुँदे माग राख्दै उनीहरू आन्दोलित भएका हुन्। नेपाल सञ्चालित सबै विश्वविद्यालयको इन्जिनियरिङ शिक्षामा एउटै मापदण्ड तय गरी एकरूपता ल्याउनुपर्ने, इन्जिनियरिङ अध्ययन संस्थान (आईओइ)को १४४ प्रतिशत अवैज्ञानिक र असान्दर्भिक शुल्कवृद्धि तुरुन्तै फिर्ता लिनुपर्ने, त्रिवि र आइओइलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा स्थापित गरी अनुदान बढाउनुपर्ने उनीहरूको माग छ।
प्रदर्शनका क्रममा नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विश्वविद्यालयहरू धरापमा परेको बताए। “हाम्रो विश्वविद्यालय धराप छ। जनताको चासोको विषय यो होइन। हामी कुनै रहरले पनि आएको होइन। आज हाम्रो हातमा सर्टिफिकेट छ तर रुँदैरुँदै खाडी जानु पर्ने अवस्था छ। आज राज्यले शिक्षालाई उपेक्षा गरेको छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
