पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलमा फरवार्ड नवयुग श्रेष्ठ, विंगर आयुष घलान, मिडफिल्डर पुजन उपरकोटी र डिफेन्डर निशान खड्काले पुनरागमन गरेका छन्।
काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसै साता पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि टोली घोषणा गरेको छ। एन्फाले शुक्रबार नियमित गोलरक्षक किरण चेम्जोङलाई विश्राम दिँदै २३ सदस्यीय टोली घोषणा गरेको हो।
नेपालले पाकिस्तानसँग कात्तिक ३० गते मंगलबार मैत्रीपूर्ण खेल खेल्दैछ। दशरथ रंगशालामा हुने खेलका लागि प्रवेश कटुवाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको छ। गोलरक्षक किरणलाई विश्राम दिँदा विशाल श्रेष्ठ, विकेश कुथु र दीप कार्की टोलीमा रहेका छन्।
किरण भारतीय लिगमा राउन्डग्लास पन्जाबबाट खेल्दै छन्। यता,फरवार्ड नवयुग श्रेष्ठ, विंगर आयुष घलान, मिडफिल्डर पुजन उपरकोटी र डिफेन्डर निशान खड्काले टोलीमा पुनरागमन गरेका छन्। पछिल्लो महिना बंगलादेशविरुद्ध भएको खेलमा नवयुग र पुजन टोलीमा थिएनन्।
यसअघि एएफसी छनोटको दोस्रो चरणमा नेपालको कप्तानी गरेका फरवार्ड नवयुगलाई तत्कालीन कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले टोलीबाट बाहिर राखेका थिए।
उनी टोलीमा किन अटेनन्? भन्ने प्रश्नमा हुमागाईंले उनी योग्य र अनुभवी खेलाडी भए पनि केही कुराको अभावका कारण छनोट हुन नसकेको उत्तर दिएका थिए। पछि नवयुगले सामाजिक सञ्जालमार्फत् राष्ट्रिय टोलीमा पर्न चलखेल हुने गरेको आरोप लगाएका थिए।
नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेल 'फिफा डे'अन्तर्गत हुन लागेको हो। खेल साँझ ५:३० बजे शुरू हुने छ। एन्फाले खेलका लागि सामान्य प्यारापिटतर्फ ५ सय र भीआइपीतर्फ १ हजारको टिकट दर निर्धारण गरेको छ।
एन्फाले टिकट काटेर हेर्ने एक भाग्यशाली दर्शकले कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट दिने जनाएको छ। विजेता गोलाप्रर्थाद्वारा छनोट गरिने एन्फाले जनाएको छ।
अन्तिम टोली :
गोलरक्षक : विशाल श्रेष्ठ, विकेश कुथु र दीप कार्की
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दीनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, निशान खड्का
मिडफिल्डर : तेज तामाङ, सेसेहाङ आङदेम्बे, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, एरिक विष्ट, आवास लामिछाने
फरवार्ड : अन्जन विष्ट, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, आयुष घलान, सुनिल बल, ऋतिक खड्का, सुजल श्रेष्ठ
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
