एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकारले बजेट, नीति तथा कार्यक्रम परम्परागत विधिबाट नै ल्याएको र जनताको आवश्यकताका आधारलाई अघि बढ्न नसकेको टिप्पणी गरेका छन्।
काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकार विकासको ठोस नीति लिएर अघि बढ्न नसकेको आरोप लगाएका छन्।
आइतबार काठमाडौँमा आयोजित समाजवादी प्रेस संगठन नेपाल दोस्रो स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सरकारले बजेट, नीति तथा कार्यक्रम परम्परागत विधिबाट नै ल्याएको र जनताको आवश्यकताका आधारलाई अघि बढ्न नसकेको टिप्पणी गरे। सरकार देशमा उत्पादन र कृषिलाई अगाडि बढाउने ठोस् नीति लिएर अगाडि बढ्न नसकेको भन्दै उनले हिजोकै नवउदारवादी चिन्तनको धरातलबाट दौडिरहेको तर्क गरे।
“मानिसको जीवन झन्झन् संकटमा पर्दै गएको छ। देशका उत्पादनलाई कसरी बढाउने, कृषिलाई कसरी अगाडि बढाउने यो कुरामा सरकारले कुनै ठोस् नीति लिएर अगाडि बढ्न सकेको छैन। परम्परागत विधिमा नै छ,” उनले भने, “अहिलेका जुन नीति र कार्यक्रम छन्। बजेट आएका छन् नयाँ केही देखिन हिजोकै नवउदारवादी चिन्तन नै हो। त्यसकै धरातलबाट नै सरकार दौडिरहेको छ।”
उनले जनताले कुनै पनि पार्टीलाई विश्वास गर्न नसक्ने अवस्था आएको भन्दै देशमा राजनीति अस्थिरताको चक्र शुरू भएकाले जनतामा अविश्वास प्रकट भइरहेको तर्क गरे। “पछिल्लो चुनावमा नेपाली जनताले माथि संघीय संसद्मा मात्र होइन सबै प्रदेश संंसद्हरूमा समेत कुनै पनि एउटा पार्टीलाई समेत विश्वास गर्न सक्ने स्थिति बनेन यो जनतामा प्रकट भएको अविश्वासको चरम अवस्था हो।” समाजमा दलाल पुँजीवाद बिचौलियाहरू, भ्रष्टाचारी र तस्करहरू हाबी भएको उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
