जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पाँचौँ नम्बरमा पेसी तोकिएको सन्दीप लामिछानेविरुद्धको मुद्दा आइतबार हेर्न नभ्याइनेमा परेको छ।
काठमाडौँ– नाबालिग बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा परेको छ।
सन्दीपविरुद्धको मुद्दाको सुनुवाइका लागि काठमाडौँ जिल्ला अदालतले आइतबार पेसी तोकेको थियो। उनीविरुद्धको मुद्दाको पेसी जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पाँचौँ नम्बरमा तोकिएको थियो। तर आइतबार हेर्न नभ्याइनेमा परेपछि मुद्दाको सुनुवाइ सरेको छ।
सन्दीपविरुद्ध गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जबरजस्ती करणीको उजुरी परेको थियो। सन्दीपविरुद्ध गौशाला २६ (परिवर्तित नाम)बाट उजुरी परेको थियो। भदौ २३ गते काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो भने सन्दीप असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। अनुसन्धानपछि प्रहरीले कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
उनलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि केन्द्रीय कारागार सुनधारामा थुनामा पठाएको थियो। तर, पुस २९ गते उच्च अदालत पाटनले २० लाख धरौटीमा सर्तसहित रिहा गर्न आदेश दिएको थियो। सर्वोच्च अदालतले पनि सोही आदेशलाई सदर गरेको थियो।
उनीविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइ काठमाडौँ जिल्ला अदालतमा चलिरहेको हो। यसअघि जिल्ला न्यायाधीश राजकुमार खतिवडाको इजलासले गौशाला २६ र उनको आमाको उमेर विवादसँग सम्बन्धित कागजात मगाउन आदेश दिएको थियो। पीडितको उमेरको विषयमा विवाद देखिएपछि इजलासले पनि उमेर विवाद के हो भन्नेबारे सक्कल कागजात पेश गर्न आदेश दिइसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
