कारोबार भएका कूल १३ उपसमूहमध्ये आइतबार सामूहिक लगानी कोषको शेयर मूल्यमा उकालो लागेको छ भने १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ।
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार पनि २०.५४ अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार परिसूचक २०.५४ अंकले ओरालो लागेर १९९३.३८ विन्दुमा कायम भएको छ।
आइतबारको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४४ अंकले ओरालो लागेर ३८२.११ मा सीमित भएको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये आइतबार सामूहिक लगानी कोषको शेयर मूल्यमा उकालो लागेको छ भने १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ।
नेप्सेका अनुसार विभिन्न कम्पनीका कूल ३८ लाख ९५ हजार २३६ कित्ता शेयर एक अर्ब २६ करोड २७ लाख ६७ हजार ८७६ रुपैयाँ मूल्यमा कारोबार भएको छ।
नेप्सेका अनुसार कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। साथै स्वाभिमान लघुवित्त छ, सिटिजन म्युचुअल फन्ड ५.८८, पिपुल्स पावर ५.१८ र अप्पर सोलु हाइड्रो इलेक्ट्रिकको शेयर मूल्य ४.८९ प्रतिशतले बढेको छ।
यस्तै, कमर जीतमाया सुरी हाइड्रोपावर ९.६३, लिवर्टी इनर्जी ६.३०, अप्पर स्याङ्गे हाइड्रोपावर ५.७९, माहुली लघुवित्त ५.६८ र खानीखोला हाइड्रोपावरको शेयर मूल्य ५.५१ प्रतिशतले बढेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
