प्रधानमन्त्री दाहालले देशलाई स्थिरता, स्थायित्वका साथै समृद्धि र सुशासनको नयाँ यात्रामा लैजानुका लागि राष्ट्रिय सहमति बनाएर अघि बढ्ने प्रयास गरिरहेको बताएका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउन आफूले सदैव राष्ट्रिय सहमतिमा जोड दिएको बताएका छन्। उनले मुलुकलाई स्थिरता, स्थायित्वका साथै समृद्धि र सुशासनको नयाँ यात्रामा लैजानुको विकल्प नरहेकाले त्यसका लागि राष्ट्रिय सहमति बनाएर अघि बढ्ने प्रयास गरिरहेको बताएका हुन्।
आइतबार ललितपुरको भैँसेपाटीमा निर्माण गरिएको प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको निवास उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले भने, “स्थिरता, स्थायित्वको साथै समृद्धिको र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प हामी नेपालीहरूको अगाडि छैन। मैले यो पक्षमा एउटा समझदारी बनाएर, राष्ट्रिय सहमति बनाएर अगाडि जाने प्रयास गर्दै आएको छु।”
प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूले पनि आफ्नो क्षेत्रमा सामाजिक न्याय, सुशासन र समृद्धिको क्षेत्रको कामलाई प्राथमिकतासाथ अघि बढाउने विश्वास व्यक्त गरे। ललितानिवास प्रकरणको अभियोजनबारे उल्लेख गर्दै उनले आजको दिनलाई आफूले सुशासनको पक्षमा एक कदम अगाडि बढेको दिनको रूपमा लिएको बताए।
प्रधानमन्त्री दाहालले प्रदेशको कामकारबाहीलाई अझ बढी प्रभावकारी बनाउन पनि प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको निवास उपयोगी हुने विश्वास व्यक्त गरे। संघीयतामाथि प्रश्न उठाउनेहरूलाई पनि सो निवास निर्माणले बलियो जवाफ दिएको उल्लेख गर्दै उनले संघीयताको संस्थागत विकासमा पनि यसले योगदान पुर्याएको बताए। संघीय मन्त्रीहरूको निवासको कामले केही महिनाभित्रै पूर्णता पाउने प्रधानमन्त्री दाहालको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
