ललितानिवास प्रकरणमा सीआईबीले सरकारी किर्ते र संगठित अपराधमा अनुसन्धान गरे पनि सरकारी वकिल कार्यालयले सरकरी किर्तेमा मात्र मुद्दा दायर गरेको छ।
काठमाडौँ– ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले काठमाडौँ जिल्ला अदालतमा किर्ते कसुरमा मुद्दा दायर गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धान प्रतिवेदनको सिफारिसका आधारमा सरकारी वकिलले सरकारी लिखत तथा दस्तखत किर्ते गरेर सरकारी जग्गा व्यक्तिको नाममा बनाएको अभियोगमा चार पूर्वमन्त्रीसहित २८९ जनालाई प्रतिवादी बनाइ मुद्दा दायर गरिएको हो।
पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदार, पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी, डम्बरबहादुर श्रेष्ठ, सञ्जयकुमार साहसहित २८९ जनाविरुद्ध मुद्दा दायर भएको हो। त्यस्तै, मृतक प्रतिवादीका रूपमा २१ व्यक्तिको नाम पनि समावेश गरिएको छ।
५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गरिएको छ भने १८ अर्बमाथि बिगोदाबी गरिएको छ। सरकारी लिखत तथा दस्तखत किर्ते गरी १४३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाउने संगठितरूपमा काम भएको निष्कर्षसहित सीआईबीले सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो।
सीआईबीले संगठित अपराध र किर्तेको कसुरमा २८६ जनालाई प्रतिवादी बनाउन राय दिएको थियो। सीआईबीले सरकारी किर्ते र संगठित अपराधमा अनुसन्धान गरे पनि सरकारी वकिल कार्यालयले सरकरी किर्तेमा मात्र मुद्दा दायर गरेको हो।
आरोपपत्र
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
