अर्थमन्त्री डा. प्रकाशशरण महतले क्यानडाको भ्यान्कुभरस्थित नेपाली समुदायलाई विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पुँजी नेपालको विकासमा लगाउन आग्रह गरेका छन्।
काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले क्यानडाको भ्यान्कुभरस्थित नेपाली समुदायलाई विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पुँजीलाई नेपालको विकासमा लगाउन आग्रह गरेका छन्।
आइतबार क्यानडाको भ्यान्कुभरमा रहेका नेपाली समुदायसँगको छलफल तथा अन्तर्क्रियामा अर्थमन्त्री महतले यस्तो आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
अहिले नेपालमा लगानीमैत्री वातावरण निर्माण हुँदै गएको तथा ऊर्जा, पर्यटन, सूचना प्रविधि एवं कृषि उद्यम लगायतका क्षेत्रहरू लगानीका लागि आकर्षक रहेको मन्त्री महतले बताए। यसैगरी नेपालमा विशेषज्ञ जनशक्तिको अभाव पूर्ति गरी नेपालीलाई मद्दत गर्न मन्त्री महतले आग्रह गरे।
ग्लोबल इन्भाइरोमेन्ट फ्यासिलिटी (जीआईएफ)को सातौँ विश्व सम्मेलनमा भाग लिन क्यानडा पुगेका हुन्। अर्थमन्त्री सोमबार साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
