निर्वाचनका बेला १७७ वटा मोबाइल टोली परिचालित हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
कैलाली– आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिममा १७ हजार ८५९ सुरक्षाकर्मी परिचालन भएका छन्।
निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न ११ हजार ५५९ म्यादी प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरेर ६ हजार ३०० सुरक्षाकर्मी परिचालन भएका हुन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक भोलाबहादुर रावलका अनुसार निर्वाचनलाई लक्षित गरेर सबै निकायका सुरक्षाकर्मी परिचालन भइसकेका छन्।
निर्वाचनका बेला १७७ वटा मोबाइल टोली परिचालित हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ। बीसवटा रिजर्भ टिम तयार पारी सो टिमलाई आवश्यकतानुसार मात्रै परिचालन हुने जनाइएको छ।
मतदानस्थलमा भने निर्वाचनको दुई–तीन दिन अगाडि मात्रै सुरक्षाकर्मी खट्ने छन्। रावलका अनुसार निर्वाचनको दिन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित म्यादी प्रहरी फरक–फरक ठाउँमा तैनाथ हुनेछन्।
प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार कैलालीमा दुई हजार ८१२, कञ्चनपुरमा १ हजार ६३२, बाजुरामा ७४९, डोटीमा ९५३, डडेल्धुरामा ९३७, अछाममा एक हजार २६८ म्यादी प्रहरी परिचालन गरिएको छ। त्यसैगरी बझाङमा एक हजार १८८, दार्चुलामा ८२९ र बैतडीमा एक हजार १९१ म्यादी प्रहरी परिचालन गरिएको जनाइएको छ।
प्रतिनिधिसभा १६ र प्रदेशसभा ३२ वटा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा दुई हजार १४६ मतदान केन्द्र निर्धारण गरिएको छ। जसमध्ये ७१० अतिसंवेदनशील, ७७८ संवेदनशील र ६५८ मतदान केन्द्र सामान्य रहेका प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
