भिल्ला रियललाई ४–३ काे गोलअन्तरले हराउँदै बार्सिलोना विजयी

खेलको शुरूआतमै बार्सिलोनाले जाभी र फ्रेन्क डि जोङको गोलमा अग्रता बनाएको थियो।

काठमाडाैँ– आइतबार राति भएको स्पेनिस लालिगा खेलमा ७ गोलको वर्षा भएको छ। भिल्ला रियलले ३ गोल गर्दा बार्सिलोनाले ४ गोल गरेर खेलमा जित हात पारेको हाे। 

बार्सिलोनाका जाभी, फ्रेंक डी जोङ, फेरन टोरेस र रोबर्ट लावान्डोस्कीले १/१ गोल गरे। खेलको शुरूआतमै बार्सिलोनाले जाभी र फ्रेन्क डि जोङको गोलमा अग्रता बनाएको थियो। लावान्डोस्कीले खेलको ७१ औँ मिनेटमा गरेको गोलले नै बार्सिलोनालाई जित दिलायो। त्यसको तीन मिनेट अघि फेरन टोरेसले बराबरी गोल फर्काएका थिए ।

भिल्ला रियलका तर्फबाट जुआन मोइथ, अलेक्जेन्डर सोर्लोथ र अलेक्स बाइनाले १/१ गोल गरेका थिए। 

याेसँगै बार्सिलोनाले लिगको शुरूआती तीन खेलबाट ७ अंक जोडेको छ। शीर्ष स्थानको रियल मड्रिडभन्दा बार्सिलाेना दुई अंकले पछि छ।