तीन दशकदेखि नेपाली लोकरक संगीतका क्षेत्रमा चर्चित ब्यान्डको यो ११ औँ एल्बम हो।
काठमाडौँ- नेपाली लोकरक ब्यान्ड नेपथ्यको नयाँ गीत सार्वजनिक भएको छ।
तीन दशकदेखि नेपाली लोकरक संगीतका क्षेत्रमा चर्चित ब्यान्डको यो ११ औँ एल्बम हो।
पश्चिमा संसारमा चर्चित ‘रोड ट्रिप रक’ शैलीमा ब्यान्डले पहिलोपटक गीत सार्वजनिक गरेको हो।
छ वर्षपछि नयाँ एल्बम ल्याएको ब्यान्डको ‘भटभटे’ गीत भने एघारौँ एल्बमको पहिलो गीत बन्ननपुगेको छ। यो सँगसँगै ब्याण्डमा नयाँ गीतहरू रेकर्डिङको प्रक्रियाले पनि पुनः निरन्तरता पाएको छ।
गीतमा गीत र कवितालाई एकापसमा मिलाउने प्रयत्न गरिएको गायक एवं सर्जक अमृत गुरुङ बताउँछन् ।
“कवितालाई गीतमा ढाल्ने काम पहिले पनि गर्दै आएको हुँ”, अमृत भन्छन्, “यसमा भने रिदमिक अन्तराका साथमा कविता पनि मिसाएको छु ।”
गीतसँगै शब्दहरूलाई प्राथमिकताका साथ प्रस्तुत गरेर तयार पारिएको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ। भिडियोमा मोटरसाइकल चढ्दै काठमाडौँ शहर घुम्नेहरूको दृश्य देख्न सकिन्छ।
म्युजिक भिडियोका लागि मोहन पुन मगरले क्यामरा र सम्पादन सम्हालेका छन् भने क्यामरामा उनलाई मनिष महर्जनले साथ दिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
