डोल्पास्थित नन्द बक्स गुल्मका गुल्मपति सम्पर्कविहीन

गुल्मपति पण्डितको सेनासहित नेपाल प्रहरीको टोलीले खोजी गरिरहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले जानकारी दिए।

काठमाडौँ– डोल्पा सदरमुकाम दुनैमा रहेको नेपाली सेनाको नन्द बक्स गुल्मका प्रमुख, मेजर विमल पण्डित सम्पर्कविहीन भएका छन्। मेजर पण्डित आइतबार साँझदेखि सम्पर्कविहीन भएका हुन्। 

उनको सेनासहित नेपाल प्रहरीको टोलीले खोजी गरिरहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले जानकारी दिए।

“हिजो साँझ सात बजेसम्म सँगै रहेका गुल्मपति पण्डित बडीगार्डलाई पनि छोडेर एक्लै बाहिरिएको र अहिलेसम्म सम्पर्कमा आउनुभएको छैन,” उनले भने, “सेना र प्रहरीको टोलीसहित हामी उहाँको खोजी गरिरहेका छौँ।”

गुल्मपति पण्डितको मोबाइलमा सम्पर्क हुन नसकेको उनको भनाइ छ।