राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा निर्वाचित भएका रामहरि खतिवडाले सुन तस्करी प्रकरणलगायत सबै विषयमा समितिमा छलफल हुने बताएका छन्।
काठमाडौँ– संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडा निर्विरोध निर्वाचित भएका छन्। सोमबार सिंहदरबारमा बसेको बैठकमा समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले खतिवडा सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।
सत्तापक्ष र प्रतिपक्ष सबै दलको साथ पाएर समितिको सभापतिमा निर्विरोध निर्वाचित भएका खतिवडाले सुन तस्करी प्रकरणलगायतका सबै विषयमा समितिमा छलफल हुने बताए। उनले सबै पक्षलाई मिलाएर समितिले निर्णय गर्ने परम्पराको विकास गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
“यो समिति सरकारविरोधी पनि हुँदैन। र, सरकार पक्षको पनि हुँदैन। समिति समितिका रूपमा अगाडि बढ्छ। सुनकाण्ड लगायतका सबै विषयमा छलफल हुन्छ,” उनले भने।
नवनिर्वाचित सभापति खतिवडाले राज्य व्यवस्था तथा सुशासन समिति संवेदनशील समिति भएकाले आफूहरूले सोहीअनुसारको कार्ययोजना बनाएर अघि बढ्नेसमेत बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
