रास्वपाका गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि जनमत पार्टीका खान सर्वसम्मत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति निर्वाचित भएका छन्।
काठमाडौँ– जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा निर्विरोध भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि खान सर्वसम्मत सभापति चुनिएका हुन्।
उद्योग समिति सभापतिका लागि आइतबार भएको उम्मेदवारी दर्ताका क्रममा जनमत पार्टीका खान र पराजुलीले उम्मेदवारी दिएका थिए। प्रतिनिधिसभाका ९ वटा विषयगत समितिको सभापति आइतबार नै निर्विरोध भइसकेका छन्।
संसद् सचिवालयका अनुसार अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका राजकिशोर यादव निर्वाचित भएका छन्।
यस्तै, पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका ऋषिकेश पोखरेलको निर्वाचित भएको संघीय संसद् सचिवालयले जनाएको छ।
त्यस्तै, कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा माओवादी केन्द्रका विमला सुवेदी र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवा निर्वाचित भएका छन्। त्यस्तै, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडाको निर्वाचित भएका छन्। समितिको सभापति निर्वाचित भएको सोमबार औपचारिक रूपमा घोषणा गरिँदै छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
