रास्वपा सांसद गणेश पराजुलीले मधेशप्रतिको न्यायका लागि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिको उम्मेदवारीबाट पछि हटेको बताएका छन्।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेशप्रतिको न्यायका लागि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिको उम्मेदवारीबाट पछि हटेको बताएको छ।
सोमबार समितिको सभापतिको उम्मेदवारी फिर्ता लिई जनमत पार्टीका सांसद अब्दुल खानलाई समर्थन गर्दै रास्वपा सांसद गणेश पराजुलीले यस्तो बताएका हुन्। “रास्वपाले आफ्नो उम्मेदवारी फिर्ता लियो र जनमतका अब्दुल खानलाई समर्थन गरेको छ। उहाँका पार्टीका सभापतिले खेल्नुभएको शालीनताका कारण हो,” उनले भने, “मधेशप्रति न्याय गरेका हौँ।”
उनले आफ्नो प्रतिस्पर्धा जनमतसँग नभई सत्ता गठबन्धनका दलहरूसँग भएको जिकिर गरे। उनले प्रतिपक्षले लेखा समितिको जिम्मेवारी लिएर दरो रूपमा सरकारलाई खबरदारी गर्नुपर्नेमा अरू समितिको नेतृत्व पनि लिएर राजनीतिक भागबन्डामा लागेको आरोप लगाए।
“प्रतिपक्षले लेखा समितिको जिम्मेवारी लिएर दरो रूपमा सरकारलाई खबरदारी गर्नुपर्ने, अरू राजनीतिक दलले सदनमा उपस्थितिको आधारमा समितिको नेतृत्व गर्न पाउनुपर्ने स्वाभाविक प्रक्रिया हो। तर राजनीतिक भागबन्डाका आधारमा समितिका जिम्मेवारी बाँडफाँट गर्नुभयो। यो दूषित कुरा हो,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
