सीपीएल २०२३ अन्तर्गत आइतबार सम्पन्न सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सविरुद्धको खेलमा ट्रिन्बागो नाइट राइडर्सका सुनिललाई अम्पायरले स्लो ओभर रेटका कारण रातो कार्ड देखाएका छन्।
काठमाडौँ– वेस्ट इन्डिजका अलराउन्डर सुनिल नारायण रातो कार्ड पाउने पहिलो क्रिकेटर बनेका छन्।
क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२३ अन्तर्गत आइतबार सम्पन्न सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सविरुद्धको खेलमा ट्रिन्बागो नाइट राइडर्सका सुनिललाई अम्पायरले स्लो ओभर रेटका कारण रातो कार्ड देखाएका हुन्।
प्रतियोगिता शुरू हुनुअघि नै सीपीएल आयोजकले समयमै खेल सम्पन्न गर्न र ‘स्लो ओभर रेट’ रोक्न रातो कार्डको नियम भित्र्याएका थिए। अहिले सो नियमलाई प्रयोगमा ल्याउन थालेको हो।
अन्तिम ओभरमा सुनिललाई अम्पायरले रातो कार्ड दिँदै बाहिर पठाएका थिए। त्यसपछि टोलीका १० खेलाडीले फिल्डिङ गरेका थिए। मैदानबाट बाहिरिनुअघि सुनिलले आफ्नो कोटाको चार ओभर बलिङ गरे। जसमा उनले २४ रन खर्चिएर ३ विकेट लिएका थिए। अन्तिम ओभरमा दुई फिल्डर मात्र ३० गजको दायराभन्दा बाहिर रहे। अरू सबैलाई घेराभित्र राखियो। ड्वेन ब्राभोले अन्तिम ओभर गरेका थिए। प्याट्रियट्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७८ रन बनाएको थियो। तर, ट्रिन्बागोले १७ बलअघि ४ विकेट गुमाएर खेल जित्यो।
खेलपछि पोलार्डले स्लो ओभर रेटको पेनाल्टीप्रति असन्तुष्टि जनाए। उनले भने, “साँच्चै भन्ने हो भने सबैले मिलेर गरेको मिहिनेत खेर जान्छ। हामी गोट्टीजस्ता हौँ, हामीले जे भनियो त्यही गर्नुपर्छ। हामी सकेसम्म छिटो खेल्छौँ। यदि यस प्रकारको प्रतियोगितामा ३०/४५ सेकेन्ड ढिला गर्दा सजाय पाइन्छ भने यो नियम गलत हो।”
सीपीएलमा प्रत्येक इनिङ्सका लागि ८५ मिनेटको समय तोकिएको छ। १७औँ ओभर ७२ मिनेट १५ सेकेन्ड, १८औँ ओभर ७६ मिनेट ३० सेकेन्ड र १९ औँ ओभर ८० मिनेट ४५ सेकेन्डमा पूरा गर्नुपर्छ। यदि यसमा ढिलाइ भयो भने बलिङ टोलीलाई कारबाही गरिनेछ। यदि कुनै टोली १८औँ ओभरसम्म आवश्यक ओभर रेटमा पछाडि देखियो भने बाउन्ड्रीमा राखिएको खेलाडी ३० गजभित्र आउनु पर्नेछ। यसरी ३० गजको सर्कलमा पाँच खेलाडी हुनेछन्।
यदि बलिङ गर्ने टोली १९औँ ओभरसम्म ओभर रेटमा पछि छ भने दुई फिल्डर ३० गज सर्कलभित्र आउनु पर्छ। यसरी ६ फिल्डर भित्र हुनेछन्।
२०औँ ओभरसम्म पनि ओभर रेटमा टोली पछाडि परेमा ६ खेलाडी ३० गजको सर्कलमा हुनेछन् भने एक खेलाडी बाहिर जानुपर्नेछ। कप्तानले कुन खेलाडी बाहिर राख्ने निर्णय भने गर्न सक्छन्।
बलिङ टिमसँगै स्लो ओभर रेट रोक्ने जिम्मेवारी पनि ब्याट्सम्यानको हुनेछ। यदि, ब्याट्सम्यानले समय खेर फालेको देखियो भने उनलाई एक पटक चेतावनी दिइनेछ। त्यसपछि पनि समय खर्चिए ५ रनको जरिबाना गरिने छ।
SENT OFF! The 1st ever red card in CPL history. Sunil Narine gets his marching orders ? #CPL23 #SKNPvTKR #RedCard #CricketPlayedLouder #BiggestPartyInSport pic.twitter.com/YU1NqdOgEX
— CPL T20 (@CPL) August 28, 2023
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
