एमाले अध्यक्ष केपी शर्मा ओलीले ललितानिवास प्रकरणमा आफ्नो पार्टीलाई आरोप लगाउनेहरू अहिले आफैँ भागाभागमा परेको टिप्पणी गरे।
काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु टी–स्टेट, यति, ओम्नीसहितका प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिएका छन्।
अध्यक्ष ओलीले सरकार र सत्तारुढ दललाई भ्रष्टहरूको संज्ञा दिँदै आफूमाथि आरोप लगाइएका सबै विषयमा छानबिन गरे उनीहरू आफैँ जेल जाने जिकिर गरे।
सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गिरीबन्धु टी–स्टेटको जग्गा गैरकानूनी रूपमा बिक्री गरी कमिसन खानेहरूले आफूलाई बदनाम गराउने कोशिश गरिरहेको उल्लेख गर्दै त्यसमाथि पनि तत्काल छानबिन गर्न सरकारलाई दबाब दिए।
ओलीले एमाले नेतृत्वको तत्कालीन सरकारले सो स्टेटको जग्गालाई कानूनी दायरामा ल्याउन कानून निर्माण गरेको तर त्यहाँ कुनै पनि अनियमितता नगरेको पटक पटक दोहोर्याए।
उनले एमालेले कुनै प्रकारको गलत काम नगरे पनि विरोधीहरूले बदनाम गराउने नियतले त्यस्ता खालको आरोप लगाउने गरेको गुनासो गरे। ओलीले ललितानिवास प्रकरणमा एमालेलाई आरोप लगाउनेहरू अहिले आफैँ भागाभागमा परेको जिकिर गरे।
बाइडबडीबारे छानबिन गरे पनि सरकार र सत्तारुढ दलहरू आफैँ जेल जाने ओलीको भनाइ थियो। उनले एमालेले देश बनाउने भिजन लिएको भन्दै सोही उद्देश्य पूरा हुने गरी अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई पनि निर्देशन दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
