कांग्रेस महामन्त्री गगन थापा भ्रष्टाचारका काण्डहरू सार्वजनिक भए पनि ठूलाहरूले चर्को बोल्ने, एक अर्कालाई तर्साउने, तर बिस्तारै बन्द कोठामा बसेर सामसुम बनाउने काम भइरहेको बताउँछन्।
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विभिन्न काण्डहरूमार्फत भइरहेको सत्ता ‘बार्गेनिङ’को जालो तोड्न र सुशासन कायम गर्न समान धारणा भएकाहरू एक ठाउँमा उभिन आह्वान गरेका छन्।
ललितानिवास जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्र अनुसन्धान ब्यरो (सीआईबी)ले सरकारी किर्ते र संगठित अपराधमा अनुसन्धान गरे पनि पनि सरकारी वकिल कार्यालयले सरकरी किर्तेमा मात्र मुद्दा दायर गरेको भन्दै असन्तुष्टि व्यक्त भइरहेको बेला र भागबन्डामार्फत संसदीय समितिका सभापति निर्वाचित भएको अवस्थामा कांग्रेस सांसदसमेत रहेका थापाको यस्तो अभिव्यक्ति आएको हो।
सोमबार सामाजिक सञ्जालमा पोस्ट राख्दै उनले भ्रष्टाचारका काण्डहरू सार्वजनिक भए पनि ठूलाहरूले चर्को बोल्ने, एक अर्कालाई तर्साउने, तर बिस्तारै बन्द कोठामा बसेर सामसुम बनाउँने काम भइरहेको बताए। “यस्ता काण्डहरूमा सार्वजनिक रूपमा ठूलाहरूले चर्को बोल्ने, एक अर्कालाई तर्साउने, तर बिस्तारै बन्द कोठामा बसेर सामसुम पार्ने अनि अनुकूलतामा सत्ता बार्गेनिङको टुल बनाउने सम्भावना एकदमै देखिन्छ,” उनले लेखेका छन्।
उनले विगतमा जस्तै समान धारणा भएको पार्टीहरू एकै ठाउँमा उभिए भ्रष्टाचारको जालो तोड्ने र सुशासन कायम गर्ने बलियो कानूनी संरचनागत र संस्थागत सुधार गर्ने वातावरण बन्ने बताए। उनले लेखेका छन्, “यस्ता घटना सामसुम पार्न उनीहरू मिल्छन् भने यस्ता घटनामा छानबिन गर्न गराउन हामी किन नमिल्ने? विगतमा जस्तै एउटै पार्टी भित्र समान धारणा भएको एक ठाउँमा आऊँ। यस्तै धारणा भएको अन्य पार्टीका साथीसँग समान धारणा बनाऊँ, अनि पार्टी बाहिरको नागरिक आन्दोलनसँग एकाकार होऔँ। हामीले प्रयास गर्यो भने यी विषय लगायत भ्रष्टाचारको जालो तोड्ने र सुशासन कायम गर्ने बलियो कानूनी संरचनागत र संस्थागत सुधार गर्ने वातावरण अहिले बन्दै छ।”
कांग्रेस महामन्त्री थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको संस्थामा हुने नियुक्तिदेखि क्षेत्राधिकारसम्म, क्षमतादेखि संरचनासम्म बलियो बनाउनुपर्ने औँल्याउँदै नीतिगत भ्रष्टाचारलाई परिभाषित गर्ने छुट्टै कानून व्यवस्था गर्नुपर्ने उल्लेख गरेका छन्। उनले कुनै व्यक्ति नेता वा नाता भएकै कारण पूर्वाग्रहको विषय पर्न नहुने भन्दै निर्दोष कोही नपरुन्, दोषी कोही नछुटुन् भन्ने मूल मन्त्र नै सबैले अपनाउनु पर्ने बताए। सबै कुरामा आफ्नो पहलकदमी रहने उल्लेख गर्दै जुनसुकै पार्टीमा जहाँ भए पनि भ्रष्टाचारको जालो तोड्न सँगै लाग्नुपर्ने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
