ला लिगा: एट्लेटिको मड्रिडद्वारा रायो भालेकानो पराजित

जितसँगै एट्लेटिको तीन खेलबाट सात अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। पहिलो स्थानको रियल मड्रिडको नौ अंक छ।

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले फराकिलो जित दर्ता गरेको छ।

सोमबार राति भएको खेलमा शहरी प्रतिद्वन्द्वी रायो भालेकानोलाई ७-० ले हराएको हो। 

पहिलो हाफमा तीन गोल गरेको एट्लेटिकोले दोस्रो हाफमा थप चार गोल गरेको हो। भालेकानोको घरेलु मैदानमा स्टेडियो डि भालेकासमा एट्लेटिकोका एल्भारो मोरटाले दुई गोल गरेका थिए।

एन्टोइन ग्रिजमन, मेम्फिस डिपाए, नाहुयल मालिना, एन्जल कोरेया र मार्कोस लोरेन्टले समान १–१ गोल गरे।  “हामीले शुरूदेखि नै धेरै राम्रो खेल्यौँ। म टोलीको कामसँग धेरै खुशी छु,” खेलपछि फ्रान्सेली फरवार्ड ग्रिजम्यानले भने।

सन् २०१३ मा गेटाफेलाई हराएयता एट्लेटिकोले कुनै पनि ला लिगा खेलमा सात गोल गरेको यो पहिलो नतिजा हो। 

जितसँगै एट्लेटिको तीन खेलबाट सात अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। पहिलो स्थानको रियल मड्रिडको नौ अंक छ।