सरकार र सरकारको नीतिप्रति नै व्यवसायी ढुक्क हुन नसकेको प्रधानमन्त्री दाहालको भनाइ छ।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोचेको जस्तो अर्थतन्त्र चलायमान नभएको बताएका छन्।
मंगलबार काठमाडौँमा आयोजित उपत्यका विशेष प्रदेश समिति प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा दबाब कायम नै रहेको उल्लेख गरेका हुन्।
“अर्थतन्त्रमाथि भएको अहिलेको दबाब अन्त्य भएको छैन। नेपाल अहिले पनि कतिपय सन्दर्भमा निकै ठूलो दबाबमा छ। अर्थतन्त्र त्यति चलायमान भएको छैन,” उनले भने, “सरकार र सरकारको नीतिप्रति, व्यवसायी ढुक्क हुन सकेका छैनन्।”
प्रधानमन्त्री दाहालले आम जनतालाई विश्वासमा लिन अझै पनि बाँकी नै रहेको बताए। नेपालमा पछ्याइएको विकासको ‘मोडेल’ पनि फेल भएको उनको भनाइ छ।
“नेपालले पछ्याइरहेको विकासको मोडेलले अग्रगति दिन सकेन, देशको अर्थतन्त्रमा यसले रूपान्तरण ल्याउन सकेन। यसमा आमूल परिवर्तन आवश्यक छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
