नेपाली कांग्रेसबाट कञ्चनपुर-३ का प्रतिनिधिसभा उम्मेदवार रमेश लेखकले आफूविरुद्ध उठेका बागी उम्मेदवारलाई ‘स्वतन्त्र’ भन्न मिल्ने बताएका छन्। उनले तिनीहरूको प्रभाव नरहने दाबी समेत गरेका छन्।
कञ्चनपुर ३ मा आसन्न निर्वाचनको तयारी तीव्र अघि बढेको छ। दल र स्वतन्त्र उम्मेदवारले आफ्नो पक्षमा माहोल सिर्जना गर्न प्रचारप्रसार गर्ने देखि मतदाताको घरदैलोमा जाने कार्यक्रमलाई तीव्र बनाएका छन्। लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट कांग्रेसका रमेश लेखक उम्मेदवार छन्। उनीविरुद्ध यस क्षेत्रमा दुई जनाले बागी उम्मेदवारी दिएका छन्। निर्वाचनलाई केन्द्रित गरेर उम्मेदवार लेखकसँग उकालोका लागि बीपी अनमोलले गरेको कुराकानीः
तपाईंको चुनावी तयारी कसरी अगाडि बढिरहेको छ?
चुनावको तयारी निकै राम्रो छ। प्रत्येक वडाको टोलमा गइरहेको छु। मतदातासँग भेटिरहेको छु। निर्वाचन अगाडि देखि नै टोलमा जाने कार्यक्रम भई नै राखेका थिए। टोलमा जाने कुरामा धेरै असहज परिस्थिति देखेको छैन।
तपाईंको उम्मेदवारी के का लागि?
अहिलेको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुरक्षा नै हो। संसारमा बिरलै हुने राजनीतिक घटनाहरू हाम्रो देशमा भएका छन्। ७० वर्षको अवधिमा हामीले ७ वटा संविधान बनाएका छौँ। यो ७ औँ संविधान हो। ५ वटा संविधान त असफल नै भएका हुन। एउटा अन्तरिम संविधानलाई असफल मान्नु हुन्न। किनभने उसले संविधानसभाबाट संविधान बनाउने भनेको हो। हामीले ७० वर्षको बीचमा ५ वटा व्यवस्था परिवर्तन गरेऊ। यो भनेको व्यवस्थामा अस्थिरता आयो। यो प्रमुख कारण हो समृद्ध हुन नसक्नुमा । देश आर्थिक रूपले चाहे जस्तो अघि बढ्न सकेन। त्यसैले आजको आवश्यकता के हो भने हामीले ७० वर्षपछि सबै राजनीतिक विचारहरू सहमत भएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा जाने भनेर साझा सहमति तयार गरेऊ। त्यसलाई संस्थागत गर्न संविधान पनि बनायौँ। यो व्यवस्था भत्कियो भने समृद्धि र विकास अगाडी बढ्न सक्दैन। व्यवस्थाको स्थिरता नै हो। सरकार परिवर्तनले धेरै समस्या नहोला। त्यसो भएको हुनाले संविधानको सुरक्षा नै हो। माननीय केपी शर्मा ओली ज्यूले संविधान भत्काउन थाल्नुभएको हो। हामी र उहाँ मिलेर नै यो व्यवस्था ल्याएको हो। त्यस कारण उहाँहरूसँग हाम्रो प्रतिस्पर्धा हो।
तपाईंका चुनावी अजेण्डा के–के हुन्?
मेरो राष्ट्रिय अजेण्डा संविधानको सुरक्षा नै हो। निर्वाचनमा जाँदै गर्दाखेरि स्थानीय मुद्दाहरू हुन्छन् नै । यहाँको आर्थिक समुन्नतिका लागि यो क्षेत्रको बेरोजगारीलाई समाप्त गर्न र समग्र आर्थिक उन्नतिका लागि के छ भनेर हेर्दा यो ठाउँलाई देशकै नाकाका रूपमा विकास गर्न सकिन्छ। नेपाल र भारत जोड्ने, नेपाल र चीन जोडन सकिन्छ। त्यसका लागि दक्षिणतिरको मित्र राष्ट्र भारतको ठूला ठूला औद्योगिक शहरहरू छन्। यो ठाउँबाट नै सबैभन्दा नजिक पर्छ। त्यसका साथै चीनको पनि उत्तरको भाग पर्छ। यो ठाउँलाई धार्मिक र पर्यटकीय क्षेत्र बनाएर औद्योगिक र व्यापारिक नाकाका रूपमा विकास गर्न सकिन्छ। यसलाई मैले त्रिदेशीय नाकाका रूपमा जोड दिएको छ। त्यसका लागि केही काम पनि भएका छन्।
म आफैँ ०७३ मन्त्री हुँदा महाकाली नदीमा पुल बनाउने काम भएको छ। दोधारा चाँदनीमा सुख्खाबन्दरगाह बनाउने भनेर सहमति भइसकेको छ। महाकाली नदीको किनारै किनार करिडोर बनाउने भनिएको छ। तर, म ०७४ मा चुनाव हारेपछि धेरै योजना अघि बढेनन् महाकाली नदीमा पुल बनेपनि अरू योजना रोकिए। अब यो पाँचवर्षमा यी सबै योजना सम्पन्न गर्ने मेरो पहिलो अजेण्डा हो। त्यसले यहाँको आर्थिक समृद्धि गर्छ। बाढीको समस्या छ। त्यो समाधान गर्नुछ। किसानका समस्या छन्। उनीहरूले समयमा मलखाद नपाउने, सिँचाइको समस्यालाई हेरिएको छ। विश्वविद्यालयको सुधार गर्नु जरुरी छ। स्वास्थ्यको क्षेत्रमा सुविधा सम्पन्न अस्पताललाई विकास गर्नेदेखि विमानस्थल बनाउने मुद्दालाई अघि बढाउने भनिएको छ। सबै होलान् त म भन्न सक्दिन तर, जति सकिन्छ गर्ने भन्ने योजना छ।
जनजीविकाको सवालमा प्रतिनिधिले जितेर गइसकेपछि ध्यान नै दिँदैनन् भन्ने गुनासो छ नि?
विकास र समृद्धि र जनताका जनजीविकासँग जोडिएका विषयहरूलाई सम्बोधन गर्ने विषय पूर्व शर्त भनेको व्यवस्थाको स्थिरता हो। हाम्रो दुर्भाग्य भनेको व्यवस्था नै स्थिर हुन सकेन। त्यस कारणले स्थिति के भयो भने हामी जहिले पनि राजनीतिक वादविवादमा अल्झियौँ । त्यसका बाबजुद पनि म यहाँबाट पटक पटक जितेर जाँदा खेरी सबै काम गर्न सकिएको छैन होला। सबै नागरिकलाई सन्तुष्ट पार्न सकेन त्यो सत्य हो। तर, मैले प्रत्येक कार्यकालमा कुनै न कुनै काम देखिने गरेको छु भन्ने लाग्छ। तर, त्यसले त पुग्दैन। त्यसैले स्थिरता चाहिन्छ। संसद् बनेर गयो २ वर्षमै विघटन शुरू हुन थाल्यो भने अनि कहाँ नेर विकास हुन्छ। सबै कुरा भएको छैन।
पार्टीभित्र अन्तर्द्वन्द्व देखिएको हो जसका कारण तपाईंविरूद्व बागी उम्मेदवारी परेको छ?
बागी उम्मेदवारी भन्दा पनि म त्यसलाई स्वतन्त्र उम्मेदवारी भन्छु। साथीहरूले उम्मेदवारी दिनुभएको छ त्यो उहाँहरूको स्वतन्त्रताको कुरा हो। ठूलो पार्टी छ उम्मेदवारी दिने इच्छा लागेको हुन सक्छ। सबै मानिसका चित्त बुझ्दैनन्। उहाँहरूको अधिकारको कुरा हो । उहाँहरूले उम्मेदवारी दिने बितिक्कै राजनीतिमा धेरै उथलपुथल भइहाल्छ भनेर सोच्नु बेकार हो।
आफ्नो प्रतिस्पर्धीलाई कसरी हेर्नुहुन्छ?
मैले प्रतिस्पर्धीलाई प्रतिस्पर्धीकै रूपमा हेर्छु। उहाँप्रति असहिष्णु हुनुपर्ने, अनावश्यक रूपमा आलोचना गर्नुपर्ने, नभएका कुरा गर्ने कारण छैन। हामी राजनीतिक प्रतिस्पर्धामा छौँ। स्वच्छ, स्वस्थ हुनुपर्छ भन्ने हो। मैले प्रतिस्पर्धीलाई पनि सम्मानपूर्वक नै हेरेको छु। मैले कसै मानिसको व्यक्तिगत आलोचना गरेको छैन। मैले यो चुनाव अवधिभर आलोचना गर्नका लागि एकैजना नेताको नाम लिएको छु। त्यो पनि सम्मानपूर्वक पूर्वप्रधानमन्त्री केपी शर्मा ओली जी भनेर भनेको छु। उहाँले संविधान र व्यवस्था भत्काउन थालेपछि आलोचना गरिएको हो। जनताको बीचमा जाने हो आफ्ना लागि, पार्टीका लागि र गठबन्धनका लागि भोट माग्ने हो। जनता निर्णायक हुन त्यसैले प्रतिस्पर्धीलाई कटुता र शत्रुतापूर्ण रूपले हेर्न जरुरी छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
