सरकारको सुधारका कदमबाट अर्थतन्त्र सकारात्मक दिशातर्फ केन्द्रित रहेको प्रधानमन्त्री दाहालले बताएका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकारले आफ्ना गतिविधि अगाडि बढाइरहेको दाबी गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफमा प्रधानमन्त्रीले सार्वजनिक सेवामा जनताको सहज पहुँच विस्तार र विकास निर्माण प्रक्रियालाई गति दिन सरकार प्रतिबद्ध रहेको बताए।
दिगो समावेशी आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यका साथ सरकारले आफ्ना गतिविधि अगाडि बढाएको र सोही दिशामा क्रियाशील रहेको उनको दाबी छ। सरकारको सुधारका कदमबाट अर्थतन्त्र सकारात्मक दिशातर्फ केन्द्रित रहेको प्रधानमन्त्री दाहालले बताएका छन्।
“सरकारले अर्थतन्त्रको सकारात्मक सुधारका लागि सरकारले आवश्यक पहलकदमी लिएको र त्यसको सकारात्मक प्रभाव देखा परेको छ,” उनले भने, “केन्द्रीय बैंकले सोमबार मात्रै चालु पुँजी कर्जा मार्गदर्शनमा संशोधन गरेकाले उद्योग व्यवसाय क्षेत्रका सकारात्मक प्रभाव पार्ने विश्वास छ।”
प्रधानमन्त्री दाहालले निकट भविष्यमा हुन लागेको चीन भ्रमणका क्रममा दुई देशका बीचका सहकार्यलाई थप विस्तार गर्ने, आर्थिक सम्बन्धलाई थप सहज बनाउने र नयाँ नाका खोल्ने लगायतका विषयमा महत्त्वपूर्ण छलफल हुने र निष्कर्षमा पुर्याउने बताए। प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेशको राजधानी विस्तार र विकासका लागि सरोकारवालासँग थप छलफल गरेर निर्णय हुने उल्लेख गरे।
राष्ट्रिय गौरवका आयोजनालाई थप गति दिन सरकारले आफ्ना संयन्त्रलाई पूर्ण रूपमा परिचालित गरेको र ती आयोजना यथाशीघ्र सम्पन्न गर्न जोड दिएको उनले बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
