डंगी रोगले कोभिडमा जसरी नै जनता आतंकित भएको र संक्रमणका कारण सुनसरीमा मात्रै १४ हजार २६५ जना संक्रमित भएको सांसद कार्कीको भनाइ छ।
काठमाडौँ– कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले डेंगीको उपचारका लागि विशेष अस्पतालको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
मंगलबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै सांसद कार्कीले देशभर भयावह रूपमा फैलिएको डेंगीको उपचार अभावमा कुनै पनि नागरिकको ज्यान जान नदिन सरकार सचेत भएर लाग्नुपर्ने बताए।
डेंगी संक्रमणका कारण सुनसरीमा मात्रै १४ हजार २६५ जना संक्रमित भएको उनको भनाइ छ। “डेंगी रोगले कोभिडमा जसरी नै जनता आतंकित भएका छन्। औषधि र स्वास्थ्य सामग्रीको अभावमा सुनसरीका १२ जनाले डेंगी रोगबाट प्रभावित ज्यान गुमाइसकेका छन्,” उनले भने, “त्यसरी मृत्यु हुने अवस्थामा नपुर्याउनका निम्ति विशेष अस्पतालको व्यवस्था गर्न म सरकारसँग माग गर्छु।”
सांसद कार्कीले डेंगी रोग नियन्त्रणका लागि पनि प्रभावकारी कदम चाल्न सरकारलाई सचेत गराए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
