मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा सदस्यद्वय राजेन्द्रकुमार केसी र माधव सापकोटालाई निजीकरण समिति सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ।
काठमाडौँ– सरकारले भन्सार विधेयक र विद्युत् विधेयक संघीय संसद्मा पेश गर्ने निर्णय गरेको छ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले बताइन्।
उनका अनुसार सरकारले प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसी र माधव सापकोटालाई निजीकरण समितिको सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ। त्यस्तै, सरकारले नेपाल र फिलिपिन्सबीच कूटनीतिक तथा सरकारी राहदानी बहाललाई प्रवेशाज्ञा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न पनि स्वीकृत दिएको छ।
सरकारले नेपाल प्रशासन सेवा सामूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त एक (सचिव) पदमा दिनेशकुमार घिमिरेलाई बढुवा गर्ने निर्णय गरेको उनले बताइन्। यसैगरी सरकारले नेपाल औषधि लिमिटेडको महाप्रबन्धमा कैलाशकुमार पनेरुलाई नियुक्त गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
