सर्रे अम्बासमा नेकपा मालेले २०४६ भदौ ९ देखि १४ गतेसम्म भूमिगत समयमा चौथो महाधिवेशन गरेको थियो। सो महाधिवेशनले मदन भण्डारीलाई पार्टीको महासचिव चुनेको थियो।
सिरहा– नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बुधबार सिरहाको धनगढीमाई नगरपालिका–१४ सर्रे अम्बासमा बस्दैछ।
एमाले सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेशकुमार भट्टराईका अनुसार पूर्वनिर्धारित योजनाअनुसार नै पार्टीको सचिवालय बैठक बस्न लागेको हो। बिहान ११: ३० बजे बस्ने बैठकको तयारी पूरा भएको छ।
यसअघि भदौ ९ गतेका लागि तय भएको सचिवालय बैठक निरन्तरको वर्षाका कारण स्थगित भएको थियो। सचिवालय बैठक बस्न लागेको स्थानमा नेकपा मालेले २०४६ भदौ ९ देखि १४ गतेसम्म भूमिगत समयमा चौथो महाधिवेशन गरेको थियो। सो महाधिवेशनले मदन भण्डारीलाई पार्टीको महासचिव चुनेको थियो। त्यसको करिब ३४ वर्षपछि सोही स्थानमा सचिवालय बैठक बस्न लागेको छ।
“चौथो महाधिवेशन नीति, कार्यक्रम र नेतृत्वका हिसाबले अग्रगामी रहेको थियो,” सचिव भट्टराईले भने, “एमालेको विचार निर्माणमा त्यो महाधिवेशन ऐतिहासिक थियो। त्यसैको सम्झनास्वरूप बैठक यही स्थानमा तय गरिएको हो।”
कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको उपलक्ष्यमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोही स्थानमा कम्युनिस्ट आन्दोलनको स्तम्भ शिलान्यास गर्नेसमेत कार्यक्रम छ।
त्यस्तै, उक्त स्थानलाई वैचारिक तथा सैद्धान्तिक पर्यटकस्थलका रूपमा विकास गरिने सचिव भट्टराईले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
