डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले सेनानी पण्डित अंगरक्षकलाई साथमा नलिएर एक्लै हिँडेकाले खोज्न समस्या भएको बताए।
जाजरकोट– डोल्पाको दुनैस्थित नेपाली सेनाको नन्दबक्स गुल्मका गुल्मपति सेनानी (मेजर) विमल पण्डित बेपत्ता भएको चार दिन बित्दा पनि सम्पर्क आएका छैनन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डीएसपी शिव बुढाथोकीका अनुसार आइतबार अपराह्न ३ बजे बजार घुमेर आउँछु भनी भदालेस्थित गुल्मबाट निस्किएका पण्डित साँझसम्म नफर्किएपछि खोजी गर्न थालिएको थियो।
त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र रहेको त्रिपुराकोट र जुफाल बजारलगायतका स्थानमा खोजी जारी राखिएको छ।
सेनानी पण्डितको मोबाइल पनि अफ रहेको डीएसपी बुढाथोकीले बताए। उनको खोजी गर्न ठूलो संख्यामा नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको छ।
डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले सेनानी पण्डित अंगरक्षकलाई साथमा नलिएर एक्लै हिँडेकाले खोज्न समस्या भएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
