अप्रिल १५ देखि सुडानका विभिन्न क्षेत्रमा जारी हिंसाका कारण तीन हजार मानिसको मृत्यु भएको छ। छ हजारभन्दा बढी घाइते भएका छन्।
इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी र सुडानको सार्वभौम परिषद्का अध्यक्ष अब्देल फताह अल बुरहानबीच भेटवार्ता भएको छ।
मंगलबार साँझ भएको भेटमा द्विपक्षीय सम्बन्ध र सुडानी संकटको पछिल्लो घटनाक्रमबारे छलफल भएको छ। समाचार संस्था एपीका अनुसार तटीय शहर न्यु अलामिनमा भएको भेटमा सिसीले इजिप्ट र सुडानको ऐतिहासिक सम्बन्धलाई महत्पूर्ण रुपमा लिएको बताएका थिए।
सिसीले सुडानको साथमा उभिन र सुडानको सुरक्षा, स्थिरता, एकता र क्षेत्रीय अखण्डतालाई समर्थन गर्न इजिप्टले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए। त्यस्तै, सुडानी सशस्त्र बलका जनरल कमान्डरसमेत रहेका अल बुरहानले सुडानको सुरक्षा र स्थिरतालाई समर्थन गरेकोमा धन्यवाद व्यक्त गरे।
भेटका क्रममा दुई नेताले सुडानी जनतालाई मानवीय सहायता सुनिश्चित गर्ने उपाय र सुडानी संकट समाधानका प्रयासबारे पनि कुराकानी गरेको एपीले जनाएको छ।
अप्रिल १५ देखि खार्तुम र अन्य क्षेत्रमा सेना र आरएसपीबीच भइरहेको द्वन्द्वमा तीन हजारभन्दा बढीको मृत्यु भएको छ। छ हजारभन्दा बढी घाइते भएका छन्।
चार मिलियनभन्दा बढी मानिस घर छोडेर भागेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
