प्रतितोला ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला २० रुपैयाँले बढेको छ। 

काठमाडौँ– सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५०० निर्धारण गरिएको छ। 

अघिल्लो दिन प्रतितोला एक लाख ११ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन प्रतितोला ८०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ। मंगलबार यसको मूल्य एक लाख ११ हजार १५० थियो।

 त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँले बढेको छ। चाँदी एक हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा दैनिक मूल्य तोक्दै आएको छ।