खस नेपाली भाषाको जन्म थलोसमेत रहेको सिञ्जा क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय र प्रदेश सरकारले पहल थालेका छन्।
जुम्ला– जुम्लाको सिञ्जा गाउँपालिका–४ स्थित बारेमा रहेको धार्मिक तीर्थस्थल केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन महोत्सव आयोजना गरिएको छ।
सो तीर्थस्थललाई जिल्लाबाहिर परिचित गराई यसको आध्यात्मिक र सांस्कृतिक महत्वका बारेमा जानकारी दिन भदौ १० देखि १२ गतेसम्म केदारनाथ महोत्सवको आयोजना गरिएको थियो।
“ऐतिहासिक धार्मिक तीर्थस्थल केदारनाथमा मनोरम प्राकृतिक दृश्य, बहुधार्मिक, बहुजातीय, बहुभाषिक जैविक विविधता र सामाजिक विविधता एवं ऐतिहासिक खस संस्कृतिले भरिपूर्ण रहेको केदारनाथलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा परिचित महोत्सवले टेवा पुगेको छ,” गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले भने।
महोत्सवमा जुम्लामै उत्पादित स्याउका स्टलहरू, सिमी, राडीपाखी, पुर्खाहरूले प्रयोग गर्ने विभिन्न काष्ठकलाका सामग्री राखिएको थियो।
उक्त महोत्सवसम्म पुग्न सिञ्जा गाउँपालिकाले साङ्टाखोलामा पक्की पुल निर्माण गरेको छ। काफल दिवस, खस दिवस, खस पात्रो सार्वजनिक र स्याउ दिवसको पहिचान गराउनाका साथै महोत्सवमा इन्द्रेणी समूहको सांस्कृतिक प्रस्तुति पनि रहेको थियो।
महोत्सवमा २०० भन्दा बढी धामीझाँक्रीले प्रस्तुति दिएका छन्। यहाँ विभिन्न जिल्लाबाट भक्तजनको घुइँचो लागेको थियो। सो मेलामा मदिराको बिक्रीवितरण पूर्ण रूपमा प्रतिबन्ध लगाइएको थियो। महोत्सवमा १० हजार दर्शकले अवलोकन गरेको गाउँपालिका अध्यक्ष धितालले बताए।
सिञ्जाको केदारनाथ क्षेत्र धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण भएर पनि उचित प्रचारप्रसार र विकासको अभावमा ओझेलमा परेको स्थानीय गोरे रोकायाले जानकारी दिए।
आगामी वर्षको नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर आवश्यक बजेट विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष सीतली रोकायाले बताइन्।
समुद्री सतहदेखि तीन हजार ५०० मिटर उचाइको लेकको काखमा अवस्थित केदारनाथ मन्दिरमा अरू समय पनि पूजाआजा र दर्शन गर्नेहरू पुग्ने गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
