नेपाली नागरिकता लिन खोज्ने भारतीय पक्राउ

भारत महाराजगन्जका राहुल कुर्मीराहुलले प्रतापपुर–६ कठहवा बस्ने गौरीशंकर कुर्मीलाई बुबा बनाई नागरिकता लिन लागेका थिए।

मध्यबिन्दु– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा नक्कली बुबा बनाई नेपाली नागरिकता लिन खोज्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा भारत महाराजगन्ज मधवलिययाका १९ वर्षीय राहुल कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०का डीएसपी भोजराज पाण्डेले बताए। पक्राउ परेका कुर्मी हाल प्रतापपुर गाउँपालिका–९ अठलैयास्थित मामाघर बस्दै आएका थिए। 

“वडाबाट जन्मदर्ता सिफारिस लिई नागरिकताका लागि प्रहरी सर्जमिन मुचुल्का लिन आएका कुर्मीलाई शंका लागि सोधपुछ गर्दा भारतीय नागरिक भएको पुष्टि भएपछि नियन्त्रणमा लिइएको हो,” डीएसपी पाण्डेले भने। 

राहुलले प्रतापपुर–६ कठहवा बस्ने गौरीशंकर कुर्मीलाई बुबा बनाई नागरिकता लिन लागेका थिए। “निज व्यक्तिले ६ नम्बर वडा कार्यालयबाट बनाएको जन्मदर्ता, नागरिकता सिफारिस तथा इलाका प्रशासन कार्यालय सेमरीबाट पठाइएको स्थलगत नागरिकता सर्जमिन मुचुल्काको पत्र नियन्त्रणमा लिएको छ”, उनले भने।

पक्राउ परेका कुर्मीलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी नागरिकतासम्बन्धी कसुर उद्योगमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ।