पाकिस्तानविरुद्ध नेपालले पहिला बलिङ गर्दै

एसिया कप क्रिकेटमा पाकिस्तानसँगको खेलमा नेपालले टस हारेर पहिला बलिङ गर्ने भएको हो।

काठमाडाैँ–  अहिले हुन गइरहेको एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानविरुद्ध पहिला बलिङ गर्ने भएको छ। एसिया कप क्रिकेटमा पाकिस्तानसँगको खेलमा नेपालले टस हारेर पहिला बलिङ गर्ने भएको हो।

घरेलु मैदान मुल्तान क्रिकेट स्टेडियममा टस जितेर पाकिस्तानले ब्याटिङ रोजेको छ। कप्तान बाबर आजमले पहिला ब्याटिङ गर्ने भएपछि नेपालले बलिङको निम्तो पाएको हो। 

१६औँ संस्करणको एशिया कप खेल पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा अहिले ३ः१५ बजे शुरू हुन गइरहेकाे छ। नेपाली क्रिकेट टोलीले पहिलो पटक एकदिवसीय वरियतामा विश्वको नम्बर एक राष्ट्रसँग खेल्न लागेको हो।