नेपालका लागि दीपेन्द्रसिंह ऐरीले मोहम्मद रिजवानलाई रन आउट गर्दै तेस्राे सफलता हात पारेकाे केही बेरमै सन्दीले विकेट लिएर चाैथाे सफलता दर्ज गरे।
काठमाडाैँ– एसिया कप क्रिकेटमा पाकिस्तानसँगकाे खेलमा नेपालले चाैथाे सफलता हात पारेकाे छ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले मोहम्मद रिजवानलाई रन आउट गर्दै तेस्राे सफलता हात पारेकाे केही बेरमै सन्दीले विकेट लिएर चाैथाे सफलता दर्ज गरे। रिजवान ५० बलमा ४४ रन बनाएर आउट भए। चौथो विकेटका रुपमा सन्दीप लामिछानेले पाकिस्तानका ब्याट्सम्यान अघा सलमानलाई कुशल भुर्तेलमार्फत क्याच गराएर आउट गरे। उनी पाँच रन बनाउँदै आउट भएका हुन्।
यसअघि नेपालको तर्फबाट करण केसीले पहिलो विकेटका रूपमा फखर जमानको विकेट लिएका थिए। जमान २० बलमा १४ रन बनाउँदै आउट भए। यस्तै, दोस्रो विकेटमा इमाम उल हकलाई नेपाली टोलीका कप्तान रोहित पौडेलले रनआउट गराए। इमाम १४ बलमा ५ रन बनाएर आउट भए।
पाकिस्तानले २८ ओभरमा ४ विकेट गुमाएर एक सय ३२ रन बनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
