भारतले अध्यक्षता गरिरहेको याे सम्मेलनमा अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा, दक्षिण अफ्रिकालगायत देशका प्रमुख आउने सम्भावना छ।
भारतको राजधानी नयाँ दिल्लीमा आउँदो महिना हुन गइरहेको जी–२० शिखर सम्मेलनलाई लक्षित गर्दै बाँदर नियन्त्रण गर्न थालिएको छ। त्यहाँका केही सडकमा लंगुर बाँदरको बिगबिगी भएकाले त्यसले सम्मेलनलाई नबिथाेलाेस् तथा असर नपुगोस् भन्दै बाँदर नियन्त्रण गर्न लागिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार बाँदर बढी देखिने सडकमा कटआउट्स लगाइएका छन्। बाँदरलाई डराउनको लागि भनेर प्रशासनले ३०/४० जनालाई लंगुरको आवाज निकाल्ने तालिम दिएको छ। बाँदरले खानकाे लागि सडकमा भाैतारिनु नपराेस् भनेर निश्चित ठाउँ तोकेर खानेकुराकाे व्यवस्था पनि गरिने बताइएकाे छ।
आउँदो सेप्टेम्बर ९ र १० तारेखमा जी–२० शिखर सम्मेलन हुँदैछ। भारतले अध्यक्षता गरिरहेको याे सम्मेलनमा अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा, दक्षिण अफ्रिकालगायत देशका प्रमुख आउने सम्भावना छ।
अन्तर्राष्ट्रियस्तरमा आर्थिक सहकार्य र सहयोगका लागि भन्दै सन् १९९९ देखि जी २० शिखर सम्मेलनको शुरूवात भएको हो। जी २० अन्तर्गत अमेरिका, ब्राजिल, क्यानडा, अर्जेन्टिना, इटली, जापान, मेक्सिको, रुस, अष्ट्रेलिया, चीन, जर्मनी, फ्रान्स, भारत, इन्डोनेसिया, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, बेलायत र युरोपेली संघ पर्दछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
