पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। 

साथै, बंगालको खाडीको उत्तर–पूर्वी भागमा न्यूनचापीय प्रणाली विकसित भइरहेकाले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

यस्तै, कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा हुनेछ। बाँकी स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैगरी, राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।