नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध

टोपे खोलामा बिहीबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

तस्वीर: ईप्रका मुग्लिन।

काठमाडौँ– नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध भएको छ।

स्थानीय टोपे खोलामा बिहीबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

पहिरो पन्छाएर बिहान ७:३० बजेदेखि एकतर्फी बाटो खुलाइएको छ। पहिरो पन्छाउने काम भइरहेको छ। प्रहरीका अनुसार बिहान नौ बजेसम्ममा सडक दुईतर्फी नै सुचारु हुने सम्भावना छ।

पहिरो हटाइन्जेल सवारी साधनलाई मुग्लिन र जुगेडीमा रोकिएको छ।