जनैपूर्णिमा पर्वमा मात्रै विशेष पूजा हुने म्याग्दीको रिखार, खयरभारनी, नौली बराह, नाँगी बराही, पेरी भारानीलगायतका शक्तिपीठमा सयौँको संख्यामा भक्तजन पुगेका छन्।
बेनी– जनैपूर्णिमा पर्वको अवसरमा म्याग्दीका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ। मनोकांक्षा पूरा हुने विश्वासका साथ विभिन्न धार्मिकस्थल र तलाउमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको हो।
जनैपूर्णिमा पर्वमा मात्रै विशेष पूजा हुने म्याग्दीको रिखार, खयरभारनी, नौली बराह, नाँगी बराही, पेरी भारानीलगायतका शक्तिपीठमा पूजाआजा गर्नका लागि सयौँको संख्यामा भक्तजन पुगेका छन्।
अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारको खयरभारनी थानमा पूजाआजा र तलाउमा स्नानका लागि एक हजार बढी भक्तजन पुगेका छन्। समुद्री सतहदेखि चार हजार ६३० मिटर उचाइमा अवस्थित खयरभारनी थानमा विभिन्न जिल्लाबाट भक्तजनहरू पुगेको वडाध्यक्ष राजेश तिलिजाले जानकारी दिए। उनका अनुसार, मौसम अनुकूल भएपछि विगतका वर्षको तुलनामा उल्लेख्य मात्रामा भक्तजन र तीर्थयात्री खयर आएका छन्।
पाउद्वार हुँदै खयरभारानी जाने तीर्थयात्री खोप्रामा पर्यटन सहकारीमार्फत सामुदायिक लजका साथै खयरभारानी क्षेत्र संरक्षण समितिले बनाएको अस्थायी टेन्टमा आश्रय लिएर बस्ने व्यवस्था मिलाइएको छ। क्षमताभन्दा बढी तीर्थयात्री आएपछि आवास व्यवस्थापनमा समस्या भएको छ । खयरभारानीको दर्शनका लागि तीन दिनेअघिदेखि नै पर्यटक र तीर्थयात्री पैदलयात्रा हुँदै खयर पुग्न थालिसकेका थिए।
त्यसैगरी रघुगंगा गाउँपालिका–८ मा धौलागिरि हिमालको काखमा करिब चार हजार ५०० मिटर उचाइमा अवस्थित रिखारमा समेत भक्तजनको बिहानैदेखि भिड लागेको छ। सदरमकाम बेनीदेखि रिखार पुग्न दुई दिनको पैदलयात्रा गर्नुपर्छ। पानीको तलाउनमा रहेको डुंगा आकारको ढुंगामा निर्मित मन्दिर रहेको रिखार भक्तजन र पर्यटकको लागि अनौठो र आकर्षणको रूपमा रहेको छ।
ऋखार क्षेत्रमा दुई दिनदेखि तीर्थयात्रीको चाप बढेको सप्तऋषि युवा क्लबका सल्लाहकार अंकित पुनले बताए। हरेक वर्ष ऋखारको भ्रमण र दर्शनमा आउने तीर्थयात्रीको संख्या बढ्दै गएको छ। जनैपूर्णिमाको दिन आफ्नो मनोकांक्षा लिएर नांगीबराही, भगवतीको नौलीबराही र घराम्दीको प्यारीबराही थान र तलाउमा समेत भक्तजनको चहलपहल छ।
यी तलाउ र थानमा जनैपूर्णिमाको अवसरमा मनोकांक्षा पूरा हुने विश्वासका साथ भक्तजनले पूजाआजा र भाकल गर्ने चलन छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
