आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट: मलेसियाविरुद्ध नेपाल ब्याटिङमा

 प्रतियोगितामा नेपाल समूह ‘ए’मा रहेको छ। नेपालको समूहमा मलेसिया, बहराइन, भुटान, कतार र यूएई छन्।

काठमाडौँ– आईसीसी महिला टी–२० क्रिकेट विश्वकप एशिया क्षेत्र छनोटअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले ब्याटिङ गरिरहेको छ।

मलेसियाको क्वालाम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा मलेसियाले टस जितेर पहिला फिल्डिङ रोजेपछि नेपालले ब्याटिङमा उत्रिएको हो।

प्रतियोगितामा नेपाल समूह ‘ए’मा रहेको छ। नेपालको समूहमा मलेसिया, बहराइन, भुटान, कतार र यूएई छन्।

त्यस्तै समूह ‘बी’मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन्। प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।

फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउने छन्।