मनसुनजन्य घटनाबाट क्षति पुगेका पूर्वाधार पुनः स्थापना गर्न १० अर्ब ५५ करोडभन्दा बढी खर्च लाग्ने अनुमान प्राधिकरणले गरेको छ।
काठमाडौँ– मुलुकमा यस वर्ष मनसुन अवधि (जेठ ३१ देखि भदौ ८ गतेसम्म)मा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको ज्यान गएको छ। यस्तै, १०२ जना घाइते हुनका साथै २० जना बेपत्ता भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार मनसुन अवधिमा मुलुकका १३५ ठाउँमा बाढी, ४२९ ठाउँमा पहिरो तथा ८३ वटा चट्याङका घटना भएका थिए। उक्त विपद्का घटनामध्ये बाढीमा परी १२ जनाको मृत्यु, सात घाइते र २१ बेपत्ता भएका थिए।
पहिरोमा परी ३८ जनाको मृत्यु, ४० घाइते र नौ बेपत्ता भएको कार्यकारी प्रमुख पोखरेलले बताए। भारी वर्षाका कारण दुई जनाको ज्यान गयो भने चट्याङबाट २१ जनाको मृत्यु र ४३ घाइते भए।
यस वर्षको बाढी पहिरोबाट ३२६.८३ मेगावाट क्षमताका निर्माणाधीन १७ तथा सञ्चालनमा रहेका १३२.७५ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजनामा क्षति पुगेको छ। त्यसबाट आठ अर्ब ५० करोड रुपैयाँ क्षति पुगेको अनुमान गरिएको छ।
मनसुन अवधिमा भएका बाढी पहिरोका घटनाबाट देशका २९ राजमार्गका २५० ठाउँमा ४० करोड बराबरका भौतिक पूर्वाधारमा क्षति भएको तथ्यांक छ। मनसुन अवधिमा भएका बाढी पहिरोका घटनाबाट १५ अर्बभन्दा बढी भौतिक पूर्वाधारलगायत सम्पत्तिको क्षति भएको कार्यकारी प्रमुख पोखरेलले बताए।
मुलुकका विभिन्न स्थानमा चार मोटरेबल पुल र २२ झोलंगे पुल बगाउँदा करिब ४१ करोडको क्षति भएको छ। बाढी पहिरोका घटनाबाट २८ खानेपानी आयोजनामा क्षति हुँदा नौ करोड बराबरको नोक्सान भएको प्राधिकरणको अनुमान छ। क्षति पुगेका ती पूर्वाधार तत्काल पुनः स्थापना गर्न १० अर्ब ५५ करोडभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको कार्यकारी प्रमुख पोखरेलले बताए।
यस अवधिमा चट्याङ लागेर ११ स्थानमा, पहिरोबाट सात, पुल क्षतिबाट पाँच र लेदोसहितको पहिरो खस्दा आठ स्थानमा गरी देशका ३१ स्थानमा सडक अवरुद्ध भएका थिए। हाल मुलुकका २३१ राजमार्गमध्ये ४८ राजमार्ग एकतर्फी सञ्चालनमा रहेको प्राधिकरणले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
